Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डको मोबाइलबाट झलनाथ खनाललाई प्रधानमन्त्री देउवाको फोन, स्वास्थ्यलाभको कामना

    प्रचण्डको मोबाइलबाट झलनाथ खनाललाई प्रधानमन्त्री देउवाको फोन, स्वास्थ्यलाभको कामना

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन्।

    आज दिउँसो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताएका हुन् ।



    अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार आएको अध्यक्ष दाहालका प्रेसविज्ञ विष्णु सापकोटाले जानकारी दिए ।



    सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाएका थिए । ‘सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो । अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो’, सापकोटाले भने।

    स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत रहेका छन्।

    यसअघि मिर्गौलामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका खनालको अवस्था झन् जटिल भएपछि असार पहिलो साता उपचारका लागि दिल्ली लगिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार