Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दीपकराज गिरीको व्यंग्य- स्वास्थ्यमन्त्रीमा कांग्रेसले खाइलाग्दो मान्छे छान्यो !

    दीपकराज गिरीको व्यंग्य- स्वास्थ्यमन्त्रीमा कांग्रेसले खाइलाग्दो मान्छे छान्यो !

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्ति गरेसंगै सामाजिक संजालहरुमा चर्को आलोचना र अनेकौं टीकाटिप्पणी सुरु भएका छन् ।

    निजी विद्यालयका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठलाई देउवाले राज्यमन्त्री बनाएसँगै आम जनसमुदायमा समेत प्रश्न उठेको छ । त्यसो त देउवाले यसअघि पनि गण्डकी प्रदेशमा दलित नेतालाई बाइपास गरेर ठेकदारलाई मन्त्री बनाएको चर्चा चलिरहेकै बेला सङ्घमा पनि घरानियाँ व्यवसायीलाई प्राथमिकता दिइएको भन्दै देउवा सरकारकाे आलोचना भएको हो ।



    यसैबीच यही बिषयलाई लिएर हाँस्य कलाकार दीपकराज गिरीले व्यंग्य गर्दै कांग्रेसले सहि ठाउमा सही मान्छे लान्छ भन्थे स्वास्थ्य मन्त्री मोटोघाटो बनाएछ भन्दै व्यंग्य गरेका छन ।



    सामाजिक संजालमा टिप्पणी गर्दै गिरीले कम्युनिष्ट सरकारविरुद्ध लेखेर कांग्रेस भएकोमा अब काग्रेसविरुद्ध लेखेर कम्युनिष्ट हुने पालो आएको टिप्पणी पनि गरेका छन ।

    उनले लेखेका छन्, ‘कम्यूनिस्ट सरकार बिरूद्द लेखेर कॉग्रेस भइयो अब कॉग्रेस बिरूद्द लेखेर कम्यूनिष्ट हुने पालो आयो ! कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ भन्ने सुन्या थिए हो रहेछ ,स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार