Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा पूजाको प्रसाद खाँदा दुई दर्जनभन्दा बढी मानिस बिरामी

    सिन्धुपाल्चोकमा पूजाको प्रसाद खाँदा दुई दर्जनभन्दा बढी मानिस बिरामी

    अनलाइन नेपाल
  • शनिबार, १६ साउन २०७८
  • 2.2K
    SHARES

    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्।

    गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।



    उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन्। बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ।



    अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन्। ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार