Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • न्वारानमा भोज खान गएका २९ जना बिरामी, अनुसन्धान गर्दै प्रहरी

    न्वारानमा भोज खान गएका २९ जना बिरामी, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 954
    SHARES

    झापा । झापामा न्वारानमा भोज खान गएका एउटै गाउँका २९ जना बिरामी परेका छन् ।

    जिल्लाको मेचीनगर नगरपालिका-९ स्थित माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका छरछिमेकका स्थानीयहरू फुड पोइजनका कारण बिरामी परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फुड पोइजन भएकाहरूलाई वाकवकी लाग्ने, रिंगटा चल्ने, बान्ता हुने, ज्वरो आउने, पखाला चल्नेजस्ता स्वास्थ्य समस्या देखिएपछि धुलाबारीस्थित आम्दा मेची अस्पताल भर्ना भएका छन् ।



    थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोलीलाई खटिएको बताइएको छ । उपचाररत २९ जनामध्ये ९ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने २० जनाको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार