Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विवाह भोज खाएका बेहुलाबेहुलीसहित ४५ जन्ती बिरामी

    विवाह भोज खाएका बेहुलाबेहुलीसहित ४५ जन्ती बिरामी

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1.3K
    SHARES

    रूपन्देही । विवाहको भोज खाएका प्युठान नगरपालिका ६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् ।

    मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका-१ चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेको भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएका हुन् ।



    उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।



    बिरामीहरुको अवस्था भने सामान्य रहेको जिल्ला अस्पताल बिजुवारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार