Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेयमारले १० नम्बर जर्सी दिँदा अस्वीकार गरेका मेसीलाई पिएसजीमा जर्सी नम्बर ३० !

    नेयमारले १० नम्बर जर्सी दिँदा अस्वीकार गरेका मेसीलाई पिएसजीमा जर्सी नम्बर ३० !

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 3.4K
    SHARES

    एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसज) ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई जर्सी नम्बर ३० अफर गरेको छ।मेसीले बार्सिलोनाबाट पहिलो खेल खेल्दा जसीै नम्बर ३० नै लगाएका थिए।

    प्रायः खेलाडीको जर्सी नम्बर ‘ब्राण्ड’ बनिसकेको हुन्छ। मेसीका लागि पनि जर्सी नम्बर १० ‘ब्राण्ड’ नै बनिसकेको थियो। उनका बार्सिलोनामा रहँदाका सहकर्मी नेयमार जुनियरले पिएसजीमा मेसीलाई १० नम्बरको जर्सी दिन तयार थिए।



    तर, मेसीले नै उक्त जर्सी लिन अस्वीकार गरेका थिए। मेसीले करियरकाे शुरुवातमा १९ नम्बरको जर्सी लगाएका कारण उनले सोही नम्बरको जर्सी प्रयोग गर्ने सम्भावना थियो।



    लिग वानमा प्रायः ३० नम्बरको जर्सी गोेलकिपरले लगाउने गर्छन्। मेसी र पिएसजी सम्झौतानजिक छन्। उनीहरुबीच २ वर्षको सम्झौता हुनेछ। ला लिगाको नियमका कारण मेसी र बार्सिलोनाबीच सहमति भएपनि सम्झौता हुन नसकेपछि उनी २१ वर्षपछि क्याटलान क्लबबाट बाहिरिएका थिए।

    बार्सिलोनाबाट मेसीको बहिर्गमनले विश्व फुटबललाई नै स्तब्ध बनाएको छ। उनी आफैंले पनि पत्रकार सम्मेलनमा भावविह्वल भएका थिए। मेसीले आफू क्लबका लागि बोझ बन्न नचाहेको बताउँदै फेरि कुनै दिन बार्सिलोनामा नै फर्किने बताएका थिए। उक्त समयमा बार्सिलोनाका उनका सहकर्मीहरुको पनि आँखाभरि आँशु भरिएको थियो।

    मेसी र पिएसजीबीच केही दिनमै औपचारिक घोषणा हुने मिडिया रिपोर्टहरुमा दाबी गरिएको छ। पिएसजीले मेसीसँग औपचारिक प्रस्ताव नै राखिसकेको छ। प्रस्तावमा २ वर्ष सम्झौता गर्ने उल्लेख गरिएको छ। हाल उक्त प्रस्तावलाई मेसीका वकिलले अध्ययन तथा विश्लेषण गरिरहेका छन्।

    आइतबार मेसीले पिएजसीसँग छलफल भइहरेको भए पनि सम्झौता नभएको जानकारी दिएका थिए। मेसीले नै आफू पिएसजीमा जान सक्ने सम्भावना रहेको बताएसँगै उनका समर्थक र पिएसजीका समर्थक उत्साहित भएका छन्। हाल पिएसजीका समर्थकहरु एयरपोर्टमा मेसीलाई स्वागत गर्न निस्किएका छन्।

    मेसी पेरिस कहिले जानेछन् त्यो निश्चित छैन। यतिसम्म कि मेसीले फ्लाइटसमेत बुक गरेका छैनन्। तर, उनलाई सस्वागत गर्न एयरपोर्टमा पिएसजीका समर्थकहरुको भने घुइँचो लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार