Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना संक्रमणबाट राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

    कोरोना संक्रमणबाट राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ।

    राजधानी दैनिक सम्पादक ध्रुव लम्सालका अनुसार ६७ बर्षीयअध्यक्ष शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो।



    राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष समेत हुन्। अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन्।



    संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन्। उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन्।

    उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार