Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ह्याप्पी बर्थ डे रेखा

    ह्याप्पी बर्थ डे रेखा

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली फिल्म क्षेत्रकी सदाबहार चर्चित अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउदै छिन् ।

    वि सं २०३९ भाद्र ५ गते मोरङको कोसी हरैचामा जन्मिएकी रेखाले आज आफ्नो ३९ औं जन्मदिन मनाउन लागेकी हुन्।



    फिल्म ‘हिरो’बाट नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म दर्जनौ फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अभिनित ‘हिरो’ देखि यता मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, रावण दर्शकमाझ लोकप्रिय बनेका फिल्म हुन् ।



    दर्शकमाझ अत्यन्तै लोकप्रिय रेखाले निकै फिल्म आफैले निर्माण समेत गरेकी छन् । कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केही फिल्म आफैले निर्देशन समेत गरेकी छन् ।

    सामाजिक सञ्जालमार्फत रेखालाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार