Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पार्टी सनाखतका लागि लोसपाका नेताहरु निर्वाचन आयोगमा

    पार्टी सनाखतका लागि लोसपाका नेताहरु निर्वाचन आयोगमा

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

    बुधबार अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतोलगायतका नेताहरु आयोग पुगेका हुन्।



    आयोगले दल दर्ताका लागि निवेदन दिएपछि उनीहरुलाई बुधबार सनाखतका लागि बोलाएको थियो। आयोगले सनाखतका लागि साढे घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ । तोकिएको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।



    प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए ।

    सामान्यता अरु कुराले रोकिएन भने सनाखतपछि प्रमाणपत्र दिने प्रचलन छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार