Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हुण्डी कारोबारबाट अर्बौ राजश्व गुम्दै

    प्रहरीलाई हुण्डीका डनको चुनौती, झन्डै करोड रकमसहित पक्राउ परेका खेम्का ११ दिनमै कसरी छुटे ?

    प्रहरीलाई हुण्डीका डनको चुनौती, झन्डै करोड रकमसहित पक्राउ परेका खेम्का ११ दिनमै कसरी छुटे ?

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 5.3K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले साउन २५ मा ९१ लाख ९६ हजार नगदसहित पक्राउ गरेका हुण्डी कारोबारका डन मानिने तरुण खेम्का पक्राउ परेको ११ दिनमै एकाएक छुटेका छन्।

    खेम्का नेपालबाट हुने अवैध हुण्डी कारोबारका मुख्य नाइके मानिन्छन। २०७८ साउन २५ गणबहालबाट मा पक्राउ परेका उनी शक्तिकेन्द्रको दबाबमा भदौ ३ मै छुटेको प्रहरी स्रोत नै वताउँछ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई शक्तिकेन्द्रको धेरै दबाब परेपछि बरामद नगदको दोब्बर धरौटी लिएर छाडेको हो ।



    उनलाई छुटाउन नेपाल प्रहरीका बहालवाला एआईजीदेखी पूर्व उच्च अधिकारीहरु लागेका थिए।   प्रहरीले सानो परिणाममा पक्राउ गरेका कारोबारीलाई समेत २४ दिन हिरासतमा राखी मुद्दा चलाउने गरेको छ। खेम्कालाई पक्राउ गरेकै भोलिपल्ट परिसर प्रमुख एसएसपी अशोक सिंहमाथि  सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउन दबाब परेको थियो।



    प्रहरीले उनको साथबाट नगद ९१ लाख ९६ हजार नगद तथा चेक र भौचरसहित २ करोड ९२ लाख २ हजार ८ सय ३ रुपैयाँ बरामद गरेको थियो । शक्तिकेन्द्रबाट दबाब थेग्न नसकेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बरामद भएको नगदको दोब्बर १ करोड ८२ लाख रुपैयाँ धरौटी राखी उनलाई छुटाउन भूमिका खेलेका थिए ।

    नेपालबाट हुने ९० प्रतिशतभन्दा अवैध हुण्डीको कारोबार खेम्काले गर्दैआएका छन् । हुण्डीका ठूला माछा तरुण खेम्कालाई छुटाउन नेकपा माओवादी केन्द्रका नेतादेखि अर्थमन्त्रालयका उच्च अधिकारी पनि लागेका थिए । हुण्डीबाट अरबौं सम्पत्ति कमाएका खेम्काले माओवादी केन्द्रबाट मन्त्री भएर अकूत आर्जन गरेका नेतादेखि अर्थ मन्त्रालयका अधिकारी र प्रहरीका हाकिमहरुको भ्रष्टाचारको रकम चलाएकोप्रहरीकै एक उच्च अधिकारी वताउँछन।

    खेम्काले अवैध हुन्डी कारोबारबाट अरबौं रुपैयाँ सम्पत्ति आर्जन गरेको उनलाई चिन्नेहरु बताउँछन् । अबैध हुण्डी कारोबारबाट अरबौंपति भएका खेम्काको काठमाडौंको कमलपोखरीमा मात्रै १२ रोपनी जग्गा छ । खेम्काको बाफलमा पनि साढे ३ रोपनीमा बंगला छ ।

    खेम्का हुन्डीमात्र होइन, सुन र डलरका समेत कारोबारी भएको प्रहरी स्रोत बताउँछ । भारतबाट बर्मा हुँदै नेपाल आएका उनी सुन, डलर र हुण्डीको अवैध कारोबार गरी अरबौंको साम्राज्य बनाउन सफल भएका हुन् । उनीसँग भारतको रासन कार्ड र नेपालको नागरिकता छ । उनका बाबु र भाइ पनि दोहोरो नागरिकताधारी हुन् । बाबु र भाइ पनि हुन्डी, डलर र सुनको कारोबारमै रहेका छन् ।

    खेम्काका बाबुको नाम ओम खेम्का हो । दसौं बर्षअघिदेखि सुन, डलर र हुण्डीको अबैध कारोबार गर्दै आएका तरूण खेम्काको अबैध कारोबारमा सुन तस्करीमा कारवाही भोगेका बिमल पोद्दार समेत साझेदार रहेको स्रोत बताउँछ । पोद्दार  साढे ३३ किलो सुन काण्डमा परेर जेल परी छुटेका थिए ।

    खेम्काको उच्चपदस्थ प्रहरी अधिकारीसँग पनि घनिष्ठ सम्बन्ध रहेको र प्रहरी प्रशासनलाई प्रभावमा पार्दै हुण्डीको निर्वाध कारोबार गर्ने गर्दथे । प्रहरीले यसअघि सानातिना हुण्डी कारोबारीलाई पक्राउ गरे पनि खेम्कालाई छुन सकेको थिएन ।

    तर, महानगरीय प्रहरी परिसर काठमाडौंले खेम्कालाई हुण्डीको झन्डै करोड रकमसहित पक्राउ गर्न सफल भएपनि खेम्पाको सेटिङ अगाडि केही चलेन । एसएसपी सिंहले खेम्काको अबैध हुण्डीको साम्राज्यमाथि भने धावा हानेपछि गिरोह अहिले तर्सिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार