Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एयरपोर्टमा जीएमकै मिलेमतोमा हेभी सवारीको दुरुपयोग, आर्थिक चलखेल गरी ठेकेदारलाई प्रयोग गर्न दिइयो

    एयरपोर्टमा जीएमकै मिलेमतोमा हेभी सवारीको दुरुपयोग, आर्थिक चलखेल गरी ठेकेदारलाई प्रयोग गर्न दिइयो

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका सवारी साधनहरु बाहिरी ठेकेदारका काममा प्रयोग हुँदै आएको रहस्य खुलेको छ । गत पुसमा प्रतापबाबु तिवारी विमानस्थलको महाप्रवन्धक बनेर आएसँगै विमानस्थलमा वेतिथिका चाङ बढिरहेका छन् । विमानस्थलले हेभी सवारी चालक भनेर ८ जना कर्मचारीहरुलाई करारमा नियुक्त गरेको छ । तर, उनीहरुलाई हेभी सवारी चलाउन भने दिइएको छैन ।

    विमानस्थलका उपमहाप्रवन्धक रामबली महतो र अधिकृत प्रमोद थापाको मिलेमतोमा आफ्ना कर्मचारीहरुलाई सवारी चलाउन नदिई महंगो मूल्यमा बाहिरबाट सवारी चालक बोलाएर आर्थिक अनियमितता भइरहेको छ । यसबारे महाप्रवन्धक तिवारी जानकार भएपनि उनी चुप बसेको विमानस्थलका कर्मचारीहरु नै बताउँछन् ।



    मासिक २५ हजार ६ सय रुपैयाँमा तलव दिने गरी सवारी चालकहरु नियुक्त गरिएको छ । तर, उनीहरुलाई हेबीको डिउटी नदिएर हल्का सवारी चालउन लागाउने गरिएको स्रोतको दावी छ । बिमानस्थलमा भएको बा१ञ ६३६ नम्बरको स्काभेटर जेसिभी, बागमती प्रदेश जी एए ०१६९ नम्बरको टिफर, पानी बोक्ने ट्यांकर, रोड पेल्ने रोलर, रोड बढार्ने हेबी ट्रकलगायत रहेका छन् । बिमानस्थल यी सावरी साधन चलाउन राखिएको हेभी सवारी चालकलाई चलाउन नदिई बाहिरबाट भाडामा दैनिक १ हजार ५ सय रुपैयाँ तिरेर चालक बोलाएर चलाउने गरिएको विमानस्थलका कर्मचारीहरु नै बताउँछन् ।



    महाप्रवन्धक तिवारीले बिमानस्थलमा ट्रान्सपोर्टको जिम्मा उपप्रबन्धक रामबली महतोलाई दिएका छन् । महतोले ठूला सवारीको जिम्मा अधिकृत प्रमोद थापालाई सुम्पेका छन् । थापाले नै बाहिरबाट चालक बोलाएर सरकारी रकमको दुरुपयोग गरिरहेका छन् । त्यतिमात्रै होइन महतो र थापाकै सेटिङमा ती सवारी साधनहरु एयरपोर्ट भित्र ठेक्कापट्टाको काम गर्दै आएका ठेकेदारहरुले चलाउने गरेको समेत खुलेको छ ।

    उक्त सवारी प्रयोग गर्न दिए बापत थापाले ठेकेदारहरुसँग खुलेआम रकम लिने गरेको स्रोतको दावी छ । थापाले बिमानस्थलको जेसिभी र टिफर सरकारी तेल हालेर बिमानस्थल भित्रै क्यानोपीको निर्माण कार्य गरीरहेको ठेकेदारलाई भाडामा लगाउँदै आएको र उक्त कार्य वापत राजश्व तिर्नुपर्छ भन्दै रकम उठाउँदै आएका छन् । थापाले यसरी सरकारी सवारी साधनहरु दिएर ठेकेदारहरुसँग खुलेयाम रकम असुली गर्दा समेत महाप्रबन्धक तिवारी आँखा चिम्लेर बसेका छन् ।

    केही दिन अघि मात्रै बिमानस्थलको रोलर सिनामंगलमा प्रयोग भएको थियो । बिमानस्थलका सावरी चालक भएपनि खुलेआम ठेक्कापट्टाको काम गर्दै आएका मधुसुधन केसीले सिके निर्माण सेवाका सञ्चालक बिष्णु श्रेष्ठसँग मिलेर सिनामंगलमा रहेको सञ्चार उड्डयन सहाय विभाग अगाडीको बाटो बनाउने काममा विमानस्थलको रोलर प्रयोग गरेका थिए । सबैभन्दा अचम्म लाग्दो कुरो त के छ भने उक्त रोलर महाप्रबन्धकै सवारी चालकले रातीको समयमा सिनामंगल पुर्याएका थिए ।

    यी सब कुरा थाहा हँुदा हुँदै पनि महाप्रबन्धक तिवारी चुप बस्नुलाई रहस्यम रुपमा लिइएको छ । यसअघि ५०० एमएलको सेनेटाईजर खरिद प्रकरणमा पनि महाप्रवन्धक तिवारी विवादमा तानिएका थिए । त्यतिबेला सेनिटाइजर खरिद गर्न प्राप्ती शाखालाई दवाव दिएको तर, सामाननै नल्याइ १२ लाख रुपयाँ हिनामिना गरेको बिमानस्थलमा हल्ला चलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार