Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कमेडी च्याम्पियन-२को सुटिङमा उपस्थित भएका दीपक-दीपाले प्रशारण अगावै गरे रिजल्ट आउट ! भरतमणि, विक्की र सन्तोष फाइनलमा

    कमेडी च्याम्पियन-२को सुटिङमा उपस्थित भएका दीपक-दीपाले प्रशारण अगावै गरे रिजल्ट आउट ! भरतमणि, विक्की र सन्तोष फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । नेपालको चर्चित हास्यव्यंग कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट हिक्मत महरा बाहिरिएका छन् ।

    बुधबार कमेडी च्याम्पियनको उत्कृष्ट तीनको प्रस्तुतिको सुटिङ भएको थियो । जसमा उनी सहभागी नभएसँगै बाहिरिएको बुझिएको छ।



    आजको सुटिङमा हाँस्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला उपस्थित भएका थिए । सुटिङमा सहभागी भएपछि बाहिरिएका उनीहरुले आजको प्रस्तुतिमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा मात्रै उपस्थित रहेको र उनीहरुले प्रस्तुति दिएको बताए।



    चार प्रतिस्पर्धीमध्ये भरतमणि पहिले नै फाइनलमा पुगिसकेका थिए भने भोटका आधारमा अग्रवाल र थापा उत्कृष्ट तीनमा पुगेका हुन् ।

    सूदुरपश्चिमबाट प्रतिनिधित्व गर्दै आएका महरालाई माओवादी केन्द्रकी नेत्री तथा पूर्वमन्त्री बिना मगरले समेत भोट मागेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार