Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाढी-पहिरो प्रभावित जिल्लाका सीडीओहरुलाई गृहमन्त्रीको फोन: उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्नु

    बाढी-पहिरो प्रभावित जिल्लाका सीडीओहरुलाई गृहमन्त्रीको फोन: उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्नु

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । लगातारको वर्षातपछिको बाढी-पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न ३ जिल्लाका सीडीओहरुलाई टेलिफोन गरेका छन् ।

    गृहमन्त्रालय स्रोतका अनुसार बिहीबार मन्त्री खाँणले कास्की, तनहुँ र दाङका सिडिओहरुलाई टेलिफोन गरेर बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन् ।



    बिहीबार बिहान मात्रै कास्कीमा आएको पहिरोका कारण ३ जनाको मृत्यु भएको थियो भने दाङमा खोलाले कार बगाउदा ४ जनाको मृत्यु भएको छ। त्यसैगरी तनहुँमा पनि लगातारको वर्षापछि आएको बाढी-पहिरोका कारण मानिसहरु प्रभावित भएका छन्।



    टेलिफोनमा मन्त्री खाँणले प्राकृत्तिक विपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार