Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेकोप्रति गृहको आपत्ति, अनेरास्ववियूलाई कारबाही गर्ने चेतावनी

    भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेकोप्रति गृहको आपत्ति, अनेरास्ववियूलाई कारबाही गर्ने चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति आपत्ति जनाएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेकोविरुद्ध मन्त्रालयले विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको हो । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको छ ।



    दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार अनेरास्ववियूले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको थियो ।



    मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फडिण्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘मित्र राष्ट्रका प्रधानमन्त्रीको आँच आउने गरी नाराबाजी गर्ने,जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ । ’

    मन्त्रालयले छिमेक मुलुकहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ । यस्तै, मन्त्रालयले यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने समेत जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ–‘मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिदैं आएको विदितै छ । भविश्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिनेछ । मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिने व्यक्तिलाई कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार