Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    फेरि बढ्यो संक्रमितको संख्या, मात्र १,२६० जना डिस्चार्ज हुँदा १६ जनाको मृत्यु

    फेरि बढ्यो संक्रमितको संख्या, मात्र १,२६० जना डिस्चार्ज हुँदा १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 900
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन विस्तारै घटिरहेका बेला आज पुन बढेको छ। यसअघि हिजो एक हजारभन्दा कममा संक्रमण पुष्टि भएको थियो भने आज झन्डै १५ सयको हाराहारीमा थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।



    मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ०७ एन्टिजेन परीक्षणमा ३३ ७ जना गरी १,४८६ जनामा संक्रमण पुष्टि भएको हो ।



    यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ६५ जना पुगेका छन् । नेपालमा अहिले २४ हजार ९ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार