Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    संक्रमितको संख्यामा पुन: वृद्धि, १,५६२ जनामा संक्रमण पुष्टि हुँदा १९ जनाको मृत्यु

    संक्रमितको संख्यामा पुन: वृद्धि, १,५६२ जनामा संक्रमण पुष्टि हुँदा १९ जनाको मृत्यु

    १,५८९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुन: उकालो लागेको छ । पछिल्लो समय दिनप्रतिदिन विस्तारै घटिरहेका बेला सोमबारदेखि पुन: संक्रमितको संख्या उकालो लागेको हो।

    यसअघि आइतबार एक हजारभन्दा कममा संक्रमण पुष्टि हुँदा सोमबार साँढे १४ सय जतिमा संक्रमण पुष्टि भएको थियो । आज झन्डै १५ सयको हाराहारीमा थपिएका छन्।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा संक्रमणमुक्त हुनेको संख्या १ हजार ५८९ रहेको छ भने १९ जनाको मृत्यु भएको छ ।



    मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर परीक्षणमा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षणमा ३८२ जना गरी १,५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ८४ जना पुगेका छन् । नेपालमा अहिले २४ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार