Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाल भर्सेस अमेरिका : नेपाललाई पहिलो झट्का, आशिफ शेख ३ रनमै आउट

    नेपाल भर्सेस अमेरिका : नेपाललाई पहिलो झट्का, आशिफ शेख ३ रनमै आउट

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अहिले नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ । सिरिजमा यो नेपालको तेस्रो खेल हो।

    खेल ओमनस्थित अल अमिरात क्रिकेट मैदानमा शुरु भएको हो ।



    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अमेरिकाविरुद्ध एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएको छ । राष्ट्रिय टिममा गुलशनको यो डेब्यु समेत हो ।



    अहिले यो समाचार तयार पार्दासम्म नेपालले २.५ ओभरको समाप्तिमा ५ रन जोडेर एक विकेट गुमाएको छ। आसिफ शेख ३ रनमा फिलिपको बलमा क्याच आउट भएका हुन्।

    यसअघि भएको अमेरिकाविरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार