Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाली बजारमा छ्यापछ्याप्ती भेटिन थाले प्रतिवन्धित नक्कली रेड बुल, सरकार रमिते

    नेपाली बजारमा छ्यापछ्याप्ती भेटिन थाले प्रतिवन्धित नक्कली रेड बुल, सरकार रमिते

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा अवैध रुपमा विक्री वितरण भइरहेका पेय पदार्थहरु रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो र रेड बफेलोमाथि कारबाही हुने भएको छ । यी सबै पेय पदार्थहरुले रेडबुलको ट्रेड मार्क चोरी गरी अवैध रुपमा नेपालमा विक्री वितरण गर्दै आएपछि उद्योग विभागमा उजुरी नै परिसकेको छ ।

    आधिकारिक पेय पदार्थ रेडबुलले विभागमा उजुरी दर्ता गराएपछि सोही ट्रेडमार्क चोरी गरी ​उत्पादन तथा विक्री वितरण गर्नेहरुमाथि कारबाही हुने भएको हो ।



    अष्ट्रियाको प्रतिष्ठित कम्पनिद्वारा उत्पादित रेड बुलको ट्रेडमार्क चोरी गरेर नेपाली बजारमा यतिबेला रेड ब्लु र रेड बफेलो खुलमखुल्ला विक्री वितरण भइरहेको छ ।



    रेडबुलको ट्रेडमार्क चोरी गरेर रेड ब्लु उत्पादन तथा विक्री वितरण गर्नेमाथि कारबाही माग गर्दै वास्तविक उत्पादक कम्पनिले उद्योग विभागमा उजुरी गरेको हो ।

    रेडबुलको आधिकारीक उत्पादक रेडबुल एजी स्वीजरल्याण्डले भियतनाममा रहेको माइ वेभरेज एण्ड फूड प्रोसेसिङ स्टक कम्पनि र नेपालमा कार्यालय रहेको पशुपति थाई वेभरेज कम्पनि विरुद्ध पेण्टेट, डिजायन तथा ट्रेडमार्क ऐन, २०२२ अनुसार कारबाही माग गर्दै विभागमा उजुरी गरेको हो ।

    भियतनामस्थित उक्त कम्पनिले नेपालमा अवैध रुपमा रेडब्लु विक्री वितरण गर्दै आएको छ । त्यस्तै पसुपति थाइ वेभरेजले रेड बफ्यालो नामक पेय पदार्थ विक्री वितरण गर्दै आएको छ । जसको लोगो (ट्रेडमार्क) उस्तै छ ।

    नेपालमा रेड बुल (Red bull) र Double Bull device ट्रेडमार्कहरु नेपालमा २०५५ सालदेखी नै दर्ता कायम छ । यो ट्रेडमार्क विश्वका २०५ भन्दा बढी मुलुकहरुमा दर्ता भई विश्वका १७३ भन्दा बढी मुलुकमा आफ्नो उत्पादन विक्री वितरण भइरहेको छ ।

    नेपालकै एक कम्पनि मार्फत भियतनामबाट नेपाल भित्र्याइएको रेड ब्लुलाई यसअघि समेत उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । त्यतिबेला रेड बुलको ट्रेडमार्क चोरी गरेको अभियोगमा रेड ब्लुलाई कारबाही भएको थियो । सोही समयदेखि नेपालमा रेड ब्लु विक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । सरकारले २०७६ जेठमै रेड ब्लु नामको इनर्जी ड्रिंक नेपाल आयातमा रोक लगाएको थियो ।

    २०७६ जेठ २४ गते उच्च अदालत पाटनले उद्योग विभागको निर्णय सदर गर्दै रेड ब्लुलाई रेडबुलको जस्तो चित्र प्रयोग गरेर इनर्जी ड्रिंक भित्र्याउन नपाउने आदेश गरेको थियो । उक्त आदेशकै आधारमा विभागले नेपालमा आयात तथा विक्री वितरणमा रोक लगाएको थियो ।

    ​तर, आयातमै रोक लगाइएको रेड ब्लु अहिले बजारमा छ्याप्छ्याप्ती देखिन थालेपछि रेडबुलले उजुरी गरेको जनाएको छ । नेपाली बजारमा रेडबुल जस्तै देखिने (लोको उस्तै रहेका) तर फरक नाम भएका रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं अवैध रुपमा विक्री भइरहेका छन् । कम्पनिले यी सबै विरुद्ध मुद्दा हालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार