Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यस्तो छ आज असोज २४ गते आइतबारको राशिफल

    यस्तो छ आज असोज २४ गते आइतबारको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 987
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज लाभदायक र खुसीको यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान पनि हराउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार