Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप: बंगलादेशविरुद्ध नेपाली टोलीमा ३ खेलाडी परिवर्तन

    साफ च्याम्पियनसिप: बंगलादेशविरुद्ध नेपाली टोलीमा ३ खेलाडी परिवर्तन

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।

    मालेस्थित राष्ट्रिय रंगशालामा दिउँसो ४:४५ बजे हुने खेलमा नेपालले ३ परिवर्तन गरेको छ ।



    आजको खेलमा फरवार्डमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ टोलीमा आएका छन् ।



    यस्तै, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ खेल्ने सम्भावना छ । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् ।

    नेपालले यस खेलमा जित हासिल गरे वा बराबरी खेले फाइनलमा प्रवेश गर्नेछ । बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता रहेको छ ।

    यसैगरी आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले पनि फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार