Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भीषण बर्षाले मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

    भीषण बर्षाले मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएरातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ ।

    गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो ।



    मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको छ ।



    यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको छ।

    हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको छ ।

    असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार