Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • किराना पसलबाट गाँजा बरामद, संचालक पक्राउ

    किराना पसलबाट गाँजा बरामद, संचालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 816
    SHARES

    सिरहा  । प्रहरीले लागूऔषध गाँजासहित सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले सिरहाको लहान नगरपालिका वडा नम्वर ९ बस्ने ६५ वर्षीय देव नारायण चौधरीलाई पक्राउ गरेको हो ।



    चौधरीले संचालन गरेको किराना पसलमा अबैधरुपमा गाँजा बिक्री वितरण गरी रहेको अवस्थामा ९ सय ग्राम लागूऔषध गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भईरहेको सिरहाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुभाव बुढाथोकीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार