Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सर्लाहीबाट २१० किलो गाँजा बरामद

    सर्लाहीबाट २१० किलो गाँजा बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 642
    SHARES

    सर्लाही । सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

    सर्लाहीको मलंगवा नगरपालिका– ११ गमरियास्थित मलंगवा नवलपुर सडक खण्डबाट गाँजा बरामद गरेको हो ।



    सुराकको आधारमा सशस्त्रको बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा मिनरल वाटरको कार्टुनले छोपेर राखेको १४ पोका गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।



    बरामद गाँजा र ट्रक आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार