Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेटौँडाबाट तीन सय पाँच किलो गाँजा बरामद

    हेटौँडाबाट तीन सय पाँच किलो गाँजा बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 597
    SHARES

    फाइल तस्विर

    मकवानपुर । हेटौंडाको बुद्धचोकबाट प्रहरीले ३०५ किलो गाँजा बरामद गरेको छ ।

    प्रहरीले शुक्रवार हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट ३०५ किलो गाँजा बरामद गरेको हो ।



    थानाभर्‍याङबाट बुद्धचोक आउँदै गरेको ना८ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हो ।



    टिपरका चालक (गाँजा ओसारपसारमा संलग्न) भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार