Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय मालवाहक ट्रकबाट १४३ केजी गाँजा बरामद

    भारतीय मालवाहक ट्रकबाट १४३ केजी गाँजा बरामद

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.1K
    SHARES

    वीरगन्ज । भारतीय नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

    वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा रोकी राखिएको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रकको खनतलासी गर्दा एक सय ४३ केजी ५ ग्राम गाँजा बरामद भएको हो ।



    ट्रकको सवारी चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।



    आवश्यक कारवाहीका लागि ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार