Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सुनसरीबाट साढे दुई क्‍वीन्टल गाँजा बरामद

    सुनसरीबाट साढे दुई क्‍वीन्टल गाँजा बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 525
    SHARES

    विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित नरकटियाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

    हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सशस्त्रले १२ बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।



    बरामद गाँजा २५८ किलोग्राम रहेको सशस्त्र प्रहरीको वसन्तपुर बीओपीको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले सोमबार राति करिब १० बजेतिर गाँजा बरामद गरेको थियो ।



    भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको ‘बिआर १ एके ७१००’ नम्बरको भारतीय स्कोरपियोलाई चेकजाँच गर्दा सशस्त्रले गाँजा बरामद गरेको हो ।

    प्रहरीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालक भने गाडी नरोकी भाग्ने प्रयास गर्दा गाडीको पिछा गर्ने क्रममा खेतको छेउमा गाडी र गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्रले बरामद गरिएको गाँजा भने प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार