Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मदिराले लट्ठ पर्यटन बोर्डका सीईओ रेग्मीद्वारा विमानस्थलका कर्मचारीमाथि हातपात

    मदिराले लट्ठ पर्यटन बोर्डका सीईओ रेग्मीद्वारा विमानस्थलका कर्मचारीमाथि हातपात

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले त्रिभुवन विमानस्थल भन्सार विभागका नासुमाथि मदिरा सेवन गरेर हातपात गरेका छन् ।

    भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका सीईओ रेग्मीले विमानस्थलमा चेकजाँचका क्रममा नासु सुमन थापामाथि हातपात गरेका हुन् ।



    विमानस्थल स्रोतका अनुसार रेग्मीले आफ्नो लगेजमा ६ बोतल मदिरा ल्याएका थिए, सोही मदिरा चेकजाँच गर्ने क्रममा हातपात गरेका थिए।



    चेकजाँचका क्रममा थापाले ६ बोतल मदिरा देखेपछि साथमा कतिजना हुनुहुन्छ भन्दै रेग्मीलाई सोधेको र प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि हातपात गरेको स्रोतको दाबी छ।

    झापड हान्ने रेग्मीले मदिरा सेवन गरेको समेत पुष्टि भएको विमानस्थल कार्यालयले जनाएको छ । उनले विमान भित्रै मदिरा सेवन गरेर आएका थिए ।अहिले रेग्मीमाथि भन्सार ऐन अनुसार कारबाही चलेको बताइएको छ।

    रेग्मीलाई नेकपा एमालेका नेता योगेश भट्टराईले आफू पर्यटनमन्त्री भएका बेला बोर्डको सीईओ नियुक्त गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “मदिराले लट्ठ पर्यटन बोर्डका सीईओ रेग्मीद्वारा विमानस्थलका कर्मचारीमाथि हातपात”

    1. […] टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवान…मेत तिरेको घटनालाई नैतिक प्रश्नका […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार