Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पर्यटन बोर्डका सीईओ रेग्मी सुन तस्करीदेखि आर्थिक अनियमिततामा संलग्न रहेको छानविन समितिको निष्कर्ष

    पर्यटन बोर्डका सीईओ रेग्मी सुन तस्करीदेखि आर्थिक अनियमिततामा संलग्न रहेको छानविन समितिको निष्कर्ष

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा भएको छ। रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले बुझाएको प्रतिवेदनमा रेग्मीले अवैध सुन ल्याएर जरिवाना समेत तिरेको उल्लेख गरिएको छ।

    बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सीईओ रेग्मीमाथि सुन तस्करदेखि आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष समेत निकालिएको छ।



    प्रतिवेदनअनुसार रेग्मीले वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना समेत तिरेको घटनालाई नैतिक प्रश्नका रुपमा लिइएको छ । उनको साथमा रहेका रहेका रक्सीको बातल कानूनले तोकेभन्दा बढी रहेको विषयमा समेत प्रश्न उठाइएको छ ।



    यस्तै, प्रतिबेदनमा रेग्मीले कर्मचारी सरुवाका नाममा अतिरिक्त खर्च सिर्जना गरेको, अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागी हुँदा कम्तिमा १० जना निजी क्षेत्रका व्यवसायीको सहभागिता सुनिश्चित हुनुपर्नेमा गर्न नसकेको र यसमा बोर्डको निर्देशन नटेरेको देखिएको उल्लेख छ ।

    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततताको आरोपमा रेग्मीलाई पत्र समेत काटेको थियो । रेग्मीमाथि त्रिभुवन विश्वविद्यालयसँग जिआईएस अध्ययनका लागि गरेको सम्झौता र सचिवालय मर्मतमा आर्थिक अनियमितता गरेको जस्ता थुप्रै आरोप लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार