Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कार्यालय भित्रैबाट छानविन भइरहेका बेला पर्यटन बोर्डका सिईओलाई अख्तियारको पत्र, पद धरापमा

    कार्यालय भित्रैबाट छानविन भइरहेका बेला पर्यटन बोर्डका सिईओलाई अख्तियारको पत्र, पद धरापमा

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततताको आरोपमा नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई पत्र काटेको छ ।

    पटक–पटक विवादमा तानिएका सिईओ रेग्मीलाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले हटाउने प्रयास गरिरहेका बेला अख्तियारले समेत पत्र काटेपछि रेग्मीको पद धरापमा परेको छ ।



    रेग्मीमाथि त्रिभुवन विश्वविद्यालयसँग जिआईएस अध्ययनका लागि गरेको सम्झौता र सचिवालय मर्मतमा आर्थिक अनियमितता गरेको आरोप लागेको छ । त्यस्तै उनीमाथि नियमविपरीत बेलायतमा आयोजित डब्लुटीएममा गएको पनि आरोप लागेको छ । उक्त विषयमा बोर्डले नै छानविन गरिरहेका बेला अख्तियारबाट समेत पत्र आएको हो ।



    सिईओ रेग्मीमाथि बोर्डले उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा छानविन उपसमिति बनाइएको छ । सोही छानविन उपसमितिमार्फत मन्त्री आलेले विवादमा तानिएका रेग्मीलाई हटाउन खोजेका थिए ।

    रेग्मीमाथि लागेको आरोपबारे अख्तियारले स्पष्टीकरण सोध्दै पत्र लेखेको हो । अख्तियारले पठाएको पत्र २०७८ पुस ११ गते नै बोर्डमा आइपुगको भए पनि गुपचुप राखिएको बोर्ड स्रोतको दावी छ ।

    सिईओ रेग्मीले त्रिविको भूगोल विभागसँग पर्यटकीय गन्तव्यहरुलाई डिजिटलाइज गराउने भन्दै करिब ५ करोड रुपैयाँको परियोजनामा सम्झौता गरेका थिए । उक्त कार्यक्रममा लागि बजेट राख्दैदेखि बोर्डमा विवाद भएको थियो ।

    त्यसैगरी, सिईओको सचिवालय मर्मत सम्भारका क्रममा करिब ३५ लाख खर्च गरेको र एकै व्यक्तिलाई टुक्रा–टुक्रा गरेर ठेक्का दिएको भन्दै बोर्डभित्रैबाट विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार