Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली

    महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् ।

    देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए ।



    ओलीले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए ।



    एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार