Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकप क्रिकेट: उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

    विश्वकप क्रिकेट: उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै छन् ।

    अष्ट्रेलिया र न्युजिल्याण्डबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।



    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा उत्रने दुवै टोलीले अहिलेसम्म टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्न सकेका छैनन् ।



    अष्ट्रेलिया दोस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनल पुगेको हो । यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेको थियो ।

    न्युजिल्याण्ड भने पहिलो पटक फाइनल पुगेको हो ।

    अष्ट्रेलियाले सेमिफाइनलमा  पाकिस्तानलाई ५ विकेटले हराएको थियो । यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार