Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इतिहासकै विवादग्रस्त प्रधानन्यायाधीशलाई सरकारले नै बचाउँदैछ: नारायण वाग्ले

    इतिहासकै विवादग्रस्त प्रधानन्यायाधीशलाई सरकारले नै बचाउँदैछ: नारायण वाग्ले

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । लेखक, पत्रकार तथा नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले प्रधानन्यायाधीशलाई बचाउन गठबन्धन नै लागि परेको बताएका छन्।

    बिहीबार बिहान आन्दोलनरत कानुन व्यवसायीहरुको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि लेखक वाग्लेले यस्तो आरोप लगाएका हुन्।



    प्रहरीको बल प्रयोगपछि घाइते भएका एक कानुन व्यवसायीको फोटो सामाजिक संजालमा पोस्ट गर्दै उनले अहिलेको गठबन्धन सरकार इतिहासकै विवादग्रस्त प्रधानन्यायाधीशलाई बचाउँदै आफ्ना अकर्मण्यता ढाकछोप गर्न तल्लिन रहेको उल्लेख गरेका हुन्।



    उनले लेखेका छन्,’नेपाल बारका अध्यक्षसहित आन्दोलनकारी अधिवक्ताहरू घाइते हुने गरी सर्वोच्च अदालतमै भएको प्रहरी बल प्रयोगले अहिलेको गठबन्धन सरकार इतिहासकै विवादग्रस्त प्रधानन्यायाधीशलाई बचाउँदै आफ्ना अकर्मण्यता ढाकछोप गर्न तल्लिन रहेको प्रष्ट हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार