Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हारेर पनि जितेकी रेखा ! दिइन् यस्तो प्रतिक्रिया

    हारेर पनि जितेकी रेखा ! दिइन् यस्तो प्रतिक्रिया

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीमा प्रतिस्पर्धा गरेकी रेखा थापा पराजित भइन्। उनी अर्की उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी हुन्।

    थापाले १ हजार ६ सय ४० मत ल्याउँदा महिला महामन्त्रीका अर्की उम्मेदवार कुन्ती शाहीले २ हजार ८ मत ल्याइन्। राप्रपा पदाधिकारीमा हारेपछि पनि रेखाले खुशी नै रहेको प्रतिक्रिया दिएकी छिन्। उनले राप्रपामा आफूले धेरैको मन जितेको बताउँदै थोरै मतान्तरले पराजित भए पनि त्यसलाई जितको रुपमा लिएको बताइन्।



    सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरुको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छ।’



    कुन्तीतिर लक्षित गर्दै उनले थपिन् ‘उहाँ राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ, तै पनि मलाई धेरै साथीहरुले मत दिनुभयो, म यसमै खुशी छु।’

    रेखाले अब आफू राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्ने पनि बताइन्। उनले चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीलाई जितकाक लागि बधाई दिएकी छिन्। आफूलाई केहीले गणतन्त्रवादी भनेर प्रचार गरेका कारण पनि पराजित हुनु परेको उनको टिप्पणी छ । ‘

    मैले आफूलाई नेपालवादी भनेर मत मागेको थिएँ, तर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गरे, यसले पनि मेरो मत केही कम आयो’ थापाले भनिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार