Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मलाई अर्थतन्त्र नबुझेको भन्नेलाई ७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु: अर्थमन्त्री शर्मा

    मलाई अर्थतन्त्र नबुझेको भन्नेलाई ७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु: अर्थमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गरेरै देखाउने दाबी गरेका छन् ।

    बिहीबार अर्थ समितिको बैठकमा अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका मन्त्री शर्माले यस्ताे दाबी गरेका हुन् ।



    विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौती आएको र अब विस्तारै ती समाधान हुँदै जाने मन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोबारे आपत्ति समेत जनाए।



    अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको शर्माले बताए।

    ‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो,’ उनले भने, ‘अब समस्याहरू बिस्तारै समाधान हुँदै छन्, लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’

    अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार