Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

    हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा २–० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो।



    आक्रामक शैलीमा मैदानमा उत्रिएको मछिन्द्रले २९औं मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिएको थियो। नुरेन करिमले करिब ४० यार्डबाट प्रहार गरेको फ्रि–किकमा पेनाल्टी एरिया भित्र रन बनाएर सुनिलले सहज गोल गरे।



    पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा पनि शेर्पामाथिको दबाब कायमै राखेको थियो। मछिन्द्रका मिडफिल्डर विशाल राईले ६८औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेका कर्नर शेर्पाका सुरेश कुमालले क्लियर गर्न सकेनन्। सोही मौकाको फाइदा उठाउँदै मछिन्द्रका अजरबैजानी फरवार्ड नुर्लान नोब्रुजोभले पेनाल्टी एरिया भित्रबाट गोल गर्दै साबिक विजेताको अग्रता दोब्बर पारेका थिए।

    खेलको इन्जुरी समयमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको अग्रता ३–० अन्तरको बनाए। वैकल्पिक खेलाडी रूपमा मैदान छिरेका विमलको जारी लिगमा पहिलो गोल हो।

    पहिलो चरणमा न्युरोड टिम (एनआरटी) विरुद्ध २–१ को जित निकालेको मछिन्द्र दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। यस्तै, तेस्रो खेलमा जावलाखेल यूथ क्लबलाई २–० को नतिजामा पराजित गरेको थियो। जितसँगै मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार