Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थमन्त्री शर्माले भने–अहिलेको मुख्य समस्या विकास खर्च नहुनु नै हो

    अर्थमन्त्री शर्माले भने–अहिलेको मुख्य समस्या विकास खर्च नहुनु नै हो

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 966
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको मूख्य समस्या भनेकै पुँजीगत (विकास) खर्च हुन नसक्नु रहेको बताएका छन् । मन्त्री शर्माले यसो हुनुमा राजनीतिक परिस्थिति मूख्य कारण रहेको पनि बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले भने–‘प्रतिस्थापन विधेयकमार्फत बजेट अध्यादेशलाई वैधानिकता दिनुपर्ने बाध्यता थियो । त्यसले काम प्रभावित भयो ।’



    यस विषयमा अर्थ मन्त्रालय चिन्तित र सक्रिय रहेको समय उनले बताए । उनले भने–‘अर्थ मन्त्रालय आफैंले खर्च गर्ने होइन । हामीले व्यवस्थापन मात्र गर्ने हो, लाइन मन्त्रालयहरुसँग दैनिक कुरा भइरहेको छ ।’



    अब कामले गति लिने र पुँजीगत खर्च समेत हुने उनको भनाइ थियो । कोरोनाको नयाँ भेरियन्ट आउने हल्लाका बीच आर्थिक क्षेत्र चलायमान बनाइराख्न सरकार गम्भीर रहेको बताए ।

    सम्मेलनबाट प्राप्त हुने सुझाव मन्त्रालयले ग्रहण गर्ने भन्दै सरकारसँग सहजीकरणका लागि मन्त्रालयमा सुझाव दिन समेत उनले आहृवान गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तत्काल एमसीसी पारित गरि कार्यान्वयनमा लैजान सरकारलाई सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार