Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज पनि बुद्ध एयरको जहाजमा समस्या, चितवनमा आकस्मिक अवतरण

    आज पनि बुद्ध एयरको जहाजमा समस्या, चितवनमा आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    चितवन । भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुनः भरतपुर विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ।

    जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको स्रोतको दावी छ ।



    जहाज अहिले धावन मार्गमा रहेकाले जहाज र यात्रुहरुमा कुनै समस्या नभएको बुद्ध एयरले जनाएको छ ।



    उडान नम्बर ३६० को जहाजमा १७ जना वयस्क, १ जना बच्चा र एक जना नाबालक गरी १९ जना यात्रु सवार थिए। अर्को जहाजबाट यात्रुहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको विमानस्थलले जनाएको छ ।

    पछिल्ला दिनहरुमा बुद्ध एयरको सेवा दिन प्रतिदिन खस्किरहेको यात्रुहरुले नै बताउन थालेका छन् । त्यसमाथि आज भएको घटनाले त झन यात्रुहरुमा बुद्ध एयरप्रतिको विश्वास अझै घटेको छ ।

    यसअघि असोज ११ गते सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको थियो। काठमाडौंको आकाशमा झन्डै १० फन्को लगाएको जहाज अन्ततः काठमाडौं विमानस्थलमा बल्लतल ल्याण्ड गर्न सफल भएको थियो । उक्त काण्डमा क्याप्टेन एजी शेर्पा कारबाहीमा परेका छन् ।

    सोही दिन काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार