Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी निलम्बित, कार्यवाहकमा नन्दिनी

    पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी निलम्बित, कार्यवाहकमा नन्दिनी

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बनमा परेका छन् । शुक्रवार बसेको बैठकले उनीमाथि छानविन गर्न समिति गठन गरेसँगै रेग्मी निलम्बनमा परेका हुन् । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तिन सदस्यीय समितिको गठनले रेग्मीका काम कारवाहीमाथि छानबिन गरेको हो ।

    समितिका दुई सदस्य मन्त्रालयबाट तोकिने स्रोतले जनाएको छ । रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो ।



    उनीमाथि अन्य आरोपहरु समेत लागेपछि बोर्ड बैठक बसेर छानविन समिति गठन भएको हो । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् ।



    उनको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाएकी छन् । समितिले छानविनका क्रममा रेग्मी दोषी भेटिएमा बोर्डले उनलाई कारवाही गरेर हटाउनेछ । रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो ।

    दुई वर्ष कार्यकाल बाँकी छदै विदेशबाट फर्कदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको थियो ।

    मन्त्रीसँग सम्वन्ध चिसिएसँगै बोर्डका नीतिगत कामहरु प्रभावित हुँदै आएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले रेग्मीलाई २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार