Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक सातादेखि हराएकी महिलाको शव जङ्गलमा फेला

    एक सातादेखि हराएकी महिलाको शव जङ्गलमा फेला

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    रुकुम। बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको छ ।

    घरबाट हराएको एक सातापछि मृत अवस्थामा सिस्ने–५ कै कारागाउँ नजिकैको थोतेगैरा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।



    शाह पुस १ गते घरबाट हराएको परिवारले बताएको छ । परिवारले खोजी गर्दा पनि नभेटिएपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेको थियो । त्यसै सिलसिलामा आज शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए ।



    शाहको शव घाँस काट्न गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शाहको मृत्यु बाटोबाट लडेर भएको प्रनाउ श्रेष्ठले बताए । परिवारका अनुसार शाह लामो समयदेखि मानसिक रोगबाट ग्रसित रहेकाले हिँडडुल गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने उनले बताए । शवको रुकुम (पूर्व) अस्पतालमा परीक्षण गरिएको छ ।रासस 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार