Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • १४ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

    १४ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।

    आयोगका अनुसार शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग भएको छलफलमा सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरिएको हो  ।



    आयुक्त यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।



    स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण  तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको थपलियाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार