Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मकवानपुरमा एकैदिन ३ जना मृत फेला

    मकवानपुरमा एकैदिन ३ जना मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    मकवानपुर। मकवानपुरमा आज (शुक्रबार)बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको हो ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा बस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रुखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।



    उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार