Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एकीकृत समाजवादी पार्टी तारा जस्तै चम्किन्छ : अध्यक्ष नेपाल

    एकीकृत समाजवादी पार्टी तारा जस्तै चम्किन्छ : अध्यक्ष नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको समाजवादी पार्टी जन्मिदा सबै उत्साहित भएका बताएका छन् ।

    एकीकृत समाजवादी पार्टीले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउँदै उनले भने–‘ ​हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।’



    तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने–‘एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए ।’



    अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको पनि बताए । उनले भने–‘गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार