Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एकीकृत समाजवादीले समानुपातिकको बन्दसूची भोलि टुंग्याउने

    एकीकृत समाजवादीले समानुपातिकको बन्दसूची भोलि टुंग्याउने

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 750
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची सोमबार टुंग्याउने भएको छ ।

    उपमहासचिव जगन्नाथ खतिवडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको उम्मेदवार बन्द सूची सोमबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताए ।



    उनका अनुसार प्रदेशबाट आएको नाम अहिले मिलाउने काम भइरहेको छ । एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने जनाएको छ ।



    निर्वाचन आयोगले समानुपातिकतर्फको सूची बुझाउने समय असोज ३ गतेसम्मलाई तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार