Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेकपा एस बैठक : तत्काल सरकारमा नजाने निष्कर्ष, विश्वासको मत दिनेबारे पनि अन्यौलता

    नेकपा एस बैठक : तत्काल सरकारमा नजाने निष्कर्ष, विश्वासको मत दिनेबारे पनि अन्यौलता

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 483
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा नजाने भएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा बसेको पोलिटब्यूरो बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको हो ।



    सहभागी एक नेताका अनुसार दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई उसको काम हेरेर समर्थन गर्ने वा नगर्ने भन्ने नीति लिएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे पनि दलभित्र एकरुपता नभएको जनाईएको छ ।



    तर, प्रचण्डसँग लामो समयसम्म सहकार्य गरेको भएकाले कतिपय नेताहरुले विश्वासको मत दिनुपर्ने सुझाव दिएका छन् ।

    अध्यक्ष माधवकुमार नेपालसहित अधिकांश सदस्यहरुले भने दाहाललाई विश्वासको मत दिनुपर्ने धारणा राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार