Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माओवादी केन्द्रीय समितिको अर्को बैठक आइतबार, भोलि वर्षमान पनि फर्किदै

    माओवादी केन्द्रीय समितिको अर्को बैठक आइतबार, भोलि वर्षमान पनि फर्किदै

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ ।

    सोमबार ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेपछि सकिएको हो ।



    यसका साथै, माओवादीको अर्को केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्ने बताइएको छ, उक्त बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।



    बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले स्वास्थ्य उपचारका क्रममा चीनमा रहेका वर्षमान पुन र ओनसरी घर्तीमगर पनि भोलि नेपाल आउने र सबैको सल्लाहम पदाधिकारी चयन गरिने बताए ।

    नेता पुन बंगाणुगत जण्डिस रोगका कारण चीनको सेनजेनमा उपचार गराइरहेका छन् । यद्यपि पुनको सचिवालयका अनुसार पछिल्लो समय उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार