Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रत्येक दिन उकालो लाग्दै कोरोना संक्रमितको संख्या, अन्य दिनभन्दा आज दोब्बर थपिए

    प्रत्येक दिन उकालो लाग्दै कोरोना संक्रमितको संख्या, अन्य दिनभन्दा आज दोब्बर थपिए

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२०६७ जनामा परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।



    यसअघि हिजो ९,३२९ जनामा परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार बिगत केही दिनयता संक्रमितको संख्या केही बढेको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा २३९ जना संक्रमणमुक्त भएका छन् ।

    यसैगरी, बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ रहेको छ।

    हाल देशभर ५,२२५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार