Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु

    गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु भएको छ ।

    भजनी नगरपालिका २ मोहनपुरस्थित सडकमा सोही ठाउँ बस्ने ४० वर्षीय शिबप्रसाद चौधरीले चलाइरहेको गोरुगाडा मंगलबार बेलुकी नालीमा पल्टिएर दुर्घटना हुँदा गोरुगाडामा सवार उनकै श्रीमती ३५ वर्षीया चन्द्रा देवी चौधरीको मृत्यु भएको हो ।



    गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार