Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुर्खेतमा बसको ठक्करबाट महिलाको मृत्यु

    सुर्खेतमा बसको ठक्करबाट महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 567
    SHARES

    सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

    आइतबार दिउँसो बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ती महिलालाई ठक्कर दिएको हो ।



    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार ती महिलाको नाम थर र ठेगाना खुलेको छैन् ।



    अन्दाजी ६६ वर्षीय उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त बसका चालक अहिले फरार रहेको छन् भने बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार