Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृह मन्त्रालयद्धारा ९ सीडीओको सरुवा, को कहाँ पुगे ?

    गृह मन्त्रालयद्धारा ९ सीडीओको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । मन्त्रालयले ९ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

    सुर्खेत, झापा, बागलुङ, बझाङ, बाजुरा, ओखलढुंगा, इलाम, दार्चुला, रुकुम पश्चिम लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हो । जिल्ला प्रशासन कार्यालय झापामा छवि रिजाललाई पठाइएको छ ।



    झापामा सरुवा हुने योजनामा गृहमा हतार हतार सरुवा भएका र गृहमन्त्रीले समेत आश्वासन दिएका महानगरपालिकाको भवन ठेक्का अनियमिततामा मुछिएका राजेश्वर ज्ञवालीको मिसन पूरा हुन सकेन ।



    सुर्खेतमा खगेन्द्र रिजाल, बागलुङमा रमेश ढकाल, बझाङमा बाबुराम अर्याललाई खटाएको छ । उपेन्द्र पौडेललाई बाजुराको सीडीओमा पठाइएको छ । उनी इलाका प्रशासन कार्यालय बुटवलमा थिए ।

    त्यसैगरी ओखलढुङ्गाको प्रजिअमा दिलकुमार तामाङ, रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानाको सरुवा भएको छ ।

    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने दार्चुलाका सिद्धराज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार