Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अनलाइन खेलबाट साथी बनेका युवक–युवती कोठाभित्रै मृत भेटिए

    अनलाइन खेलबाट साथी बनेका युवक–युवती कोठाभित्रै मृत भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा बस्दै आएका युवक–युवती कोठामै मृत फेला परेका छन् ।

    महानगरपालिका–६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राई मृत फेला परेका हुन् ।



    बिहीबार राती उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए ।



    प्रहरीका अनुसार अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई २० २२ दिनदेखि सँगै बस्दै आएका थिए ।

    घटनास्थलबाट धारिलो हतियार बरामद गरेको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसएसपी गिरीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार